वामदेव गौतमको प्रस्ताव : २०७५ जेठ ३ पूर्व कायम स्थायी कमिटी बैठक बोलाएर तत्काल छलफल गरौँ

२६ जेठ, काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले २०७५ को जेठ ३ पूर्व कायम रहेको स्थायी कमिटी बैठक बोलाएर तत्काल छलफल गर्न प्रस्ताव गरेका छन् ।

जतिसक्दो छिटो २०७५ को जेठ ३ पूर्व कायम रहेको अथवा माओवादी केन्द्रसँग पार्टी एकता हुनुभन्दा पहिले कायम रहेको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न समस्याबारे छलफल गरेर सही मार्ग दर्शन गर्नुपर्ने उनको भनाइ छ ।

नेकपा एमाले एकता अभियान समितिको बैठकपछि गौतमले विज्ञप्ति निकालेर जेठ ३ पूर्वको संरचनामा रहेको एमालेका दुई वरिष्ठ नेता, ४ उपाध्यक्ष, एक महासचिव, २ उप–महासचिव र ५ सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर मध्यमार्गी बाटो खोज्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

यस्तै नेता गौतमले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि इमानदार प्रयत्न नगरेको समेत बताएका छन् । अध्यक्ष ओलीले एकता आह्वान गर्दै निकालेको विज्ञप्तिमा आफ्नै प्रशंसा गर्दै कुटिल चातुर्य र जालझेलको भाषा शैली प्रयोग गरेको गौतमको आरोप छ ।

ओलीको पार्टीलाई २०७५ को जेठ ३ पूर्वको संरचनामा पुर्याउने कुरा सकारात्मक भएको भए पनि जनवर्गीय संगठनको संरचना मूलभूत रुपमा भन्ने शब्दको अर्थ पहिलेको अवस्थामा जस्ताको त्यस्तै राख्न अस्वीकार पनि गर्न सकिन्छ भनेर बुझ्न सकिने उनको भनाइ छ ।

यस्तै गौतमले खनाल–नेपाल समूहका नेताहरुले संविधानको धारा ७६ को ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र सर्वोच्च अदालत पुगेर हस्ताक्षर पेश गर्नु पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीकै अनेकौं विवादित क्रियाकलापको परिणाम रहेको आरोप लगाएका छन् ।

यस्तै सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनःस्थापना अथवा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा चुनावमा जान परेमा दुवै अवस्थाका चुनौतीलाई सामना गर्न एकतावद्ध एमाले तयार छ भन्ने सन्देश दिने छलाङ लगाएर अघि बढ्नुपर्ने नेता गौतमको भनाइ छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top