कोरोना सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री

२५ जेठ ७८, बुधबार

२६ जेठ, डोटी ।

जिल्लामा पछिल्लो समय दैनिकरूपमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या थपिँदै जान थालेपछि उनीहरुको जीवनरक्षाका लागि यहाँका विभिन्न सङ्घसंस्थाले घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा कम्तीमा पनि एक हजार १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना सङ्क्रमण निको हुने क्रमसँगै बढ्ने क्रम बढी देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

Advertisement

यसै सिलसिलामा कोरोना सङ्क्रमण भएका व्यक्ति तथा उनीहरुका परिवारको सुरक्षाका लागि जिल्लामा कार्यरत सम विकास केन्द्र नामक गैरसरकारी संस्थाले सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान सञ्चालन गरेको छ ।

विदेशी दातृ निकाय एक्सनएड नेपालको सहकार्यमा उक्त संस्थाले जिल्लाको दिपायल सिलगढी नगरपालिकामा रहेका कोरोना सङ्क्रमणमा परेका व्यक्तिका परिवारलाई स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष अधिराज बिसीले जानकारी दिए ।

Advertisement

उनका अनुसार संस्थाले मङ्गलबार नगरपालिकाको वडा नं ५ को होमआइसोलेशनमा रहेका ३४ कोरोना सङ्क्रमितका घरपरिवारका सदस्यलाई घरैमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top