×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

कर्णाली नदीको कटानले तटीय क्षेत्रमा त्रास

२७ जेष्ठ २०७८

२७ जेष्ठ, कैलाली ।
कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान गर्दछ ।

बर्खा लाग्न शुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि तीव्र नदी कटानपछि कैलालीको टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् ।

Advertisement
Advertisement

नदीमा पानीको बहाव बढ्न थालेपछि यहाँ कर्णाली नदीको कटान तीव्र हुँदा बस्ती तथा जमीन जोखिममा पर्ने गर्दछ । कर्णाली नदीको कटानले टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनक्षेत्रमा २० बिघा जमीन कटान गरेको छ ।

नदीले बर्सेनि सामुदायिक वनको जमीन कटान गर्दै आएको छ । नदी कटान नियन्त्रणका लागि वनको उत्तरपूर्वी भागमा तटबन्ध निर्माणको काम भइरहेको छ । तटबन्ध निर्माण भइरहेकै क्षेत्रमा नदीले कटान तीव्र पारेको छ ।

“सामुदायिक वनको २० बिघा बढी जमीन कटान भइसकेको छ । यतिखेर नदीले कटान झन तीव्र पारेको छ”, वन समितिका अध्यक्ष धनसिंह साउदले भने, “जङ्गल तहसनहस भइसकेको छ ।

कर्णाली नदीमा तटबन्ध शुरु भएको छ वर्ष भइसक्यो, अहिलेसम्म सकिएको छैन । यसले झन कटान बढेको छ ।” अध्यक्ष साउद बर्सेनि तटबन्धका नाममा हुने उत्खननको काम सम्पन्न नगर्दा नदीले धार परिवर्तन गर्दै वन तहसनहस गर्न थालेको बताउँछन् ।

“तटबन्ध निर्माण कार्यमा दैनिक पाँच-छ जनामात्र कामदार काममा खटेका छन्”, उनी भन्छन्, “काम धमाधम गरे पो सकिन्थ्यो । तटबन्ध निर्माण कार्यले झन कटान बढाएको छ । जङ्गलको एउटा प्लट पूरै कटान भइसकेको छ । बेत जङ्गल नोक्सान भएको छ ।”

उनले तटबन्ध निर्माणका नाममा भइरहेको ढुङ्गा उत्खननले नदी कटान तीव्र पार्दा झन जोखिम बढेको आरोप लगाए । सामुदायिक वन क्षेत्रमा तटबन्ध कार्यको ठेक्का सिद्धि साइ कन्स्ट्रसनले लिएको छ ।

टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला वन क्षेत्रमात्र नभई नगरपालिकाको दौलतपुर, श्रीलङ्का, धनसिंहपुर क्षेत्र, सत्ती पुलसमेत जोखिममा रहेको बताउँछन् ।

“श्रीलङ्का बस्ती बर्सेनि दर्जनौँ विघा कटान हुँदै आएको छ । यस वर्ष त अझ हिउँदमा पनि कटान भएको छ । त्यहाँ नदीमा पानीको बहाव घट्दा बढी कटान भएको छ”, वडाध्यक्ष ठकुल्ला भन्छन्, “यस वर्ष बर्दियातर्फ तटबन्धको काम शुरु भएको थियो ।

बर्खा लागेपछि त्यो काम पनि शुरु हुन सकेको छैन । यस वर्ष बर्सातमा थप जोखिम बढ्ने देखिएको छ ।” कैलाली जिल्लामा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदी नियन्त्रणका लागि दर्जनभन्दा बढी ठाउँमा तटबन्ध निर्माणको काम गरिरहेको छ ।

निर्माण भइरहेका तटबन्ध कार्य ठेकेदार कम्पनीले समयमै निर्माण नगर्दा थप जोखिम बढेको वडाध्यक्ष ठकुल्लाको भनाइ छ । सात वर्षअघि कैलाली र बर्दिया जोड्न कर्णाली नदीमा निर्माण भएको सत्ती पुलसमेत नदी कटानका कारण जोखिममा छ । पुलको बर्दियातर्फ कटान तीव्र भएपछि पुल जोखिममा परेको हो ।

“बर्दियातर्फ कटान हुँदा छेउमा प्वाल परेको पुल बर्सेनि मर्मत गरेर टालटुल मात्र पारिएको छ । यो पुल भत्केमा बर्दिया र कैलालीको सम्पर्क टुट्ने अवस्था आउनेछ”, स्थानीयवासी शेरबहादुर साउदले भने, “हरेक वर्ष बर्खामा यहाँका नागरिकले नदी बस्तीमा पस्नबाट जोगाउन जैविक तटबन्ध गर्ने गरेका छन् ।

यसरी त्रासमा कति दिन यहाँ बस्न सकिएला ?” हुलाकी राजमार्गअन्तर्गत पर्ने सत्तीघाट पुल निर्माण भएको पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत गर्ने गरेको थियो । अब निर्माण कम्पनीको सम्झौता म्यादसमेत सकिएको छ ।

“यही पुल पार गरेर हामी श्रीलङ्का ओहोरदोहोर गर्नुपर्छ”, स्थानीयवासी ललित बुढाले भने, “टीकापुर–८ र बर्दियाको राजापुर नगरपालिका जोड्ने पुलले बर्दिया र कैलाली मात्र नभई सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने गर्दछ, पुल जोखिममा रहेकाले अब आवतजावतमा समस्या हुने भएको छ ।”

तेह्र स्पानको ५३१ मिटर लामो पुलको किनारमा बर्सेनि तारजाली भासिदै गएको छ । बर्सातको समयमा नदीमा पानीको बहाव बढेलगत्तै तारजाली भासिने गरेको छ ।

Advertisement

रसुवा कन्स्ट्रक्सनले २०७१ सालमा निर्माण सम्पन्न गरेको पुल भासिदै जाँदा यहाँका नागरिकलाई बर्सातमा सधैँ तनाव हुने गरेको छ ।(रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top