‘सरकारले निषेधाज्ञाबाट फाइदा उठाउने प्रपञ्च गर्छ भने सडकमा आउनुको विकल्प हुँदैन’

२८ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञाबाट फाइदा उठाउने प्रपञ्च गर्छ भने सचेत नागरिक सडकमा आउनुको विकल्प नहुने बताएका छन्।

शुक्रबार बालुवाटारमा सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले गरेको प्रदर्शनमा अभियन्ताहरू वाग्ले र संग्रौलासहित युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, भाष्कर गौतमलगायत २० जना बढी पक्राउ गरेपछि नेता थापाले यस्तो बताएका हुन् ।

थापाले निषेधाज्ञाका बेला सडकमा आउनु गलत भए पनि सरकारले नै आफ्नो स्वार्थका लागि काम गरेकोले विरोधमा उत्रनु स्वभाविक रूपमा लिनुपर्ने बताए ।

‘निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत हो।तर जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि,जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै ,कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्रपन्च गर्छ,देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन।’ थापाले ट्विटरमार्फत् भने ।

Scroll to Top