मलेसियामा लकडाउन थप दुई हप्ता थपियो

PUTRAJAYA, 22 Mei -- Menteri Kanan (Kluster Keselamatan) Datuk Seri Ismail Sabri Yaakob ketika sidang media bersama Ketua Pengarah Kesihatan Tan Sri Dr Noor Hisham Abdullah mengenai perkembangan terkini Pelaksanaan Perintah Kawalan Pergerakan (PKP) 3.0 yang sedang berkuatkuasa dengan penambahan sekatan yang lebih ketat keatas sektor ekonomi dan sosial di Bangunan Perdana Putra hari ini. --fotoBERNAMA (2021) HAK CIPTA TERPELIHARA PUTRAJAYA, May 22 -- Senior Minister (Security Cluster) Datuk Seri Ismail Sabri Yaakob during a press conference held together with Health Director-General Tan Sri Dr. Noor Hisham Abdullah regarding updates on the Movement Control Order (MCO) 3.0 implementation currently in effect with additions being made to further restrict the economic and social sectors at the Perdana Putra building today. --fotoBERNAMA (2021) COPYRIGHTS RESERVED

२८ जेठ, एजेन्सी । ।

नेपाली श्रमिकको श्रम गन्तव्य देश मलेसियाले लकडाउनको समय थप दुई हप्ता बढाउने भएको छ ।

मलेसियाले जुन १५ देखि २८ सम्म लकडाउनको समय लम्ब्याउने निर्णय गरेको हो । मलेसियाले यसअघि तोकेको लकडाउनको समय जुन १४ देखि सकिँदै छ ।

मलेसियाका सिनियर मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले शुक्रबार कोरोना सङ्क्रमण दर नघटेको भन्दै अहिले कायम रहेको लकडाउन थप दुई हप्ता लम्ब्याउने घोषणा गरेका हुन् ।

अहिले मलेसियामा दैनिक पाँच हजारभन्दा धेरै सङ्क्रमित थपिइरहेका छन् । हिजो बिहीबार मात्रै ६ हजार ८७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । लकडाउनको समयमा अत्यावश्यक बाहेक आर्थिक र सामाजिक गतिविधिमा मलेसियाले प्रतिबन्ध लगाएको छ ।