गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको सम्भावना

२८ जेठ ७८, शनिबार

२९ जेठ, काठमाडौं ।

गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको सम्भावना रहेको छ । प्रदेश प्रमुखको आह्वान अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सदस्य राजीव गुरुङसहित ३१ जना प्रदेश सभा सदस्यले हिजो नै दाबी प्रस्तुत गरिसकेका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज दिउँसो तीन बजेसम्म बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न समय दिएकोमा विपक्षी गठबन्धनले हिजो नै ३१ जना प्रदेश सभा सदस्य आफैँ उपस्थित भएर दाबी पेस गरेका छन् ।

नियमअनुसार प्रदेशप्रमुख पौडेलले आज तीन बजेअघि नै नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्ति बिहीवार विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुखले नयाँ मुख्यमन्त्रीको लागि बहुमतसहित दाबी गर्न समय दिएको हो ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले साथ नदिए पनि स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङले विपक्षीलाई साथ दिएपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन बहुमत पुगेको हो ।

कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top