त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइनबाट खोल्ने

२९ जेठ, काठमाडौं ।

Advertisement

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्ने भएको छ । भौतिक उपस्थितिमा मात्रै भर्ना प्रक्रिया कुर्दा धेरै समय पर्खनुपर्ने भएकाले अनलाइन माध्यमबाट भर्ना अगाडि बढाउन लागिएको जानकारी विश्वविद्यालयले दिएको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले यसै साता स्नातकोत्तर तहमा नयाँ भर्ना सुरु गर्ने तयारी भइरहेको जानकारी दिए ।

Advertisement

यसअघि स्नातकोत्तर तहको पठनपाठन वैशाखबाटै गर्ने कार्यतालिका रहे पनि कोरोना कोभिड–१९ प्रभावका कारण त्यो प्रभावित भएको थियो । यसका साथै स्नातक तहको कतिपय परीक्षाफल अझै प्रकाशित हुन बाँकी रहेका कारण पनि भर्ना प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

विश्वविद्यालयमा यो भर्ना खुलेपछि विद्यार्थीले व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, विज्ञान विषयमा स्नातकोत्तर तहमा भर्ना हुन पाउनेछन् । अनलाइनबाट भर्ना प्रक्रिया खुला गरिए पनि जनजीवन सामान्य भएको अवस्थामा थोरै विद्यार्थी भएका विषयमा भौतिक उपस्थितिमै पनि आवेदन दिन सकिने व्यवस्था मिलाइने जानकारी उनले दिए

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top