काठमाडौँ–तराई-मधेस द्रुतमार्गमा पौने दुई लाख बिरुवा रोपिए

२८ जेठ ७८, शनिबार

२९ जेठ, काठमाडौं ।

राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ–तराई–मधेस द्रुतमार्ग’ निर्माणका क्रममा हालसम्म करिब १६६ हेक्टरमा एक लाख ७६ हजार ५१६ वटा बिरुवा रोपिएका छन् ।

द्रुतमार्ग निर्माणका क्रममा कटान गरिएका २० हजार रुख तथा बोट बिरुवाको शोधभर्ना स्वरूप ती बिरुवा रोपिएका हुन् ।

दु्रतमार्ग निर्माण गर्ने क्रममा काटिएको एक रुख÷बिरुवाको सट्टा २५ बिरुवा रोप्ने सहमति वन तथा भू–संरक्षण विभाग र द्रुतमार्ग निर्माण परियोजनाबीच भएको थियो ।

द्रुतमार्ग परियोजना प्रमुख सहायक रथी विकास पोखरेलका अनुसार दुई वर्षको अवधिमा बिरुवा रोपणलाई व्यापकता दिइएको छ । दु्रतमार्ग निर्माणमा काटिएका रुखको शोधभर्नाबापत सरकारी तथा सामुदायिक वनको खाली जमिनमा पाँच वर्षभित्र पाँच लाख बिरुवा रोप्नुपर्छ ।

बाराको कछडिया–नागमणि, लालगाउँ–जनहित, सहजनाथ–कोहल्वी र रामवन सामुदायिक वनको १६६.३७ हेक्टरमा रोपिएका कतिपय बिरुवा दुई मिटर अग्ला भइसकेका छन् ।

ती वनमा फलफूल जातिका १९ हजार र वन प्रजातिका एक लाख ५७ हजार पाँच सय बिरुवा रोपिएका छन् ।

द्रुतमार्ग निर्माणको जिरो प्वाइन्ट निजगढ बारा भएकाले वृक्षरोपणमा स्थानीय सामुदायिक वन विशेष प्राथमिकतामा परेका हुन् ।

आर्थिक वर्ष २०७७÷७८ भित्र २०१ हेक्टरमा वृक्षरोपण गरिसक्ने लक्ष्य अनुरूप तीव्र गतिमा काम भइरहेको परियोजनाले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top