भारतमा नयाँ संक्रमित घटेपनि मृतकको संख्या फेरि बढ्यो

२९ जेष्ठ, एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा ८४ हजार ३ सय ३२ नयाँ कोरोना संक्रमित भेटिएका छन्।

Advertisement

यो बितेका ७० दिन यताकै कम संख्या रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। नयाँ कोरोना संक्रमितको संख्या घटे पनि मृत्युदर भने फेरि उकालो लागेको छ।

२४ घण्टामा ४ हजार २ जना संक्रमितको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो अवधिमा १ लाख २१ हजार ३ सय ११ जना संक्रमणमुक्त भएका छन्।

Advertisement

अहिलेसम्म भारतमा २ करोड ९३ लाख ५९ हजार १ सय ५५ जना संक्रमित भएका छन्। ती मध्ये २ करोड ७९ लाख ११ हजार ३ सय ८४ जना संक्रमण मुक्त भएका छन्।

३ लाख ६७ हजार ८१ जनाले भने ज्यान गुमाएका छन्। अहिले भारतमा १० लाख ८० हजार भन्दा धेरे सक्रिय संक्रमित रहेका छन्।

Advertisement

भारतले आफ्ना २४ करो ९६ लाख भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top