ब्याड राख्ने बेलामा धानको बीउ अभावः भारतीय बजारमाथि किसान निर्भर

२८ जेठ ७८, शनिबार

२९ जेठ, वीरगञ्ज ।

स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण पर्सा जिल्लाका किसान भारतीय बीउप्रति निर्भर हुनु परेको छ ।

धान रोप्ने समय शुरु भएपनि बीउ अभावमा यहाँका किसानहरु भारतीय बजारमाथि निर्भर हुनु परेको हो । धानको ब्याड राख्ने समय शुरु भएपनि स्थानीय बजारमा बीउ नपाउँदा यहाँ किसानहरु चर्को मूल्यमा भारतीय बीउ खरिद गर्न बाध्य भएका छन् । विगतमा गुणस्तर परीक्षणबिना भारतबाट जथाभावी ल्याइने बीउले बेलाबेलामा कृषक ठगिने गरेका थिए ।

“अघिल्लो वर्ष अरु जातको धानको बीउ लगाउँदा उत्पादन कम भएको, लागत खर्च समेत उठन नसकेकाले यसपाली भारतको भेलाही बजारबाट सोना मन्सुली धानको बीउ चर्को मूल्यमा किनेर ल्याएका छौं”,

जगरनाथपुर गाउँपालिका—६ का किसान रुपनारायण प्रसादले राससलाई भने, “सोना मन्सुली धानको बीउ नेपालमा नपाउने भएकाले भारतबाट खरिद गरेर ल्याउँदा धेरै समस्या भोग्नु परेको छ ।”

उनले भारतीय बजारबाट धानको बीउ खरिद गरेर ल्याउँदा सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले हैरान पार्ने, जथाभावी रकम माग्ने र रकम नदिँदा सो बीउ नियन्त्रणमा लिनेजस्ता समस्या रहेको बताए ।

“नेपालमा प्रतिबन्ध रहेको सोना मन्सुली धानले प्रति हेक्टर अढाई मेट्रिकटन उत्पादन दिने गरेको, बढी फल्ने तथा खानमा पनि स्वादिलो हुने गरेकाले पर्साका सतप्रतिशत किसान सोना मन्सुली धान लगाउने गरेका छन्”, कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेश प्रसाद चौरसियाले भने, “यो धानको बीउ नेपालमा नपाउने भएकाले ७५ प्रतिशत किसानहरु भारतबाट सोना मन्सुली धानको बीउ ल्याएर खेती गर्ने गरेका छन् ।”

कम लागतमा बढी उत्पादन दिने भएकाले सोना मन्सुली धानको खेती गर्न भारतको भेलाहीबाट २५ किलो धानको बीउ ल्याउँदा प्रसौनी भाठास्थित सुरक्षाकर्मीले रु एक सय लिएको दुखेसो पोख्दै पोखरीया नगरपालिका—७ का किसान सुरेन्द्र रौनियारले भने, “अरु धान भन्दा सोना मन्सुली धानको उत्पादन बढी हुन्छ ।

प्रतिहेक्टर ४ मनका दरले उत्पादन हुने यो जातको धानको बजार मूल्य पनि राम्रो पाउने भएकाले भारतबाट बीउ ल्याएर ब्याड राखेको छु ।”

नेपालमा सोना मन्सुली धान प्रतिबन्ध रहेपनि यो धानको बीउ भारतमा मात्र पाउने भएकाले किसानहरु बीउ ल्याउँदा सीमावर्ती भारतीय बजार सिकटा, भेलाहीलगायतका सिमा नाकामा रहेका सुरक्षाकर्मीहरुले दुःख दिने गरेको, जथाभाबी रकम माग्ने गरेको गुनासो किसानको छ ।

पछिल्लो समय हाइब्रिड बीउको माग बढ्दै गएका बेला सरकारले सहज रुपमा यो बीउ पाउन सक्ने व्यवस्था गरिदिए वर्षौँदेखिको परनिर्भरता अन्त्य हुने अर्का किसान बिजय पण्डितको भनाइ छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top