×

NEPAL TIMES UPDATES

Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026

पहिरोका कारण देशका धेरै राजमार्ग ठप्प, पानी परिरहेकाले पहिरो हटाउन समस्या

१ असार , काठमाडौं ।

केही दिनदेखि लगातार परेको पानीका कारण देशका धेरै ठाउँमा पहिरो गएको छ । पहिरोका कारण धेरै राजमार्ग ठप्प भएका छन् ।

Advertisement
Advertisement

पहिरोले बैतडीको पुर्चौडी नगरपालिका ६ ढोलेको खोड्पे–बझाङ सडक खण्ड बन्द भएको छ । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यस्तै पहिरोका कारण बाग्लुङ–पोखरा सडक खण्ड पनि ठप्प छ ।

गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक खण्ड पनि पहिरोका कारण ठप्प भएको छ । तम्घास–रिडी सडक खण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका १३ को भगाँरी खोलामा सोमवार राति पहिरो खसेपछि सडक बन्द भएको हो ।

त्यसैगरी गुल्मीकै रिडी–रुद्रवेणी सडक खण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका २ साँघुरेमा बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि यो सडक पनि ठप्प भएको छ ।

सडक खुलाउन प्रयास भइरहे पनि पानी परिरहेकाले समस्या भएको रेसुङ्गा नगरपालिका १३ का वडाध्यक्ष खुमबहादुर खत्रीले बताए ।

ठाउँ–ठाउँमा पहिरो खसेको र सडक भत्किएका कारण गुल्मीको इन्द्रेगौँडा–वामीटम्सार, रुद्रवेणी–पूर्तिघाट लगायत एक दर्जनभन्दा बढी सडकसमेत बन्द भएका छन् ।

यस्तै दुई दिनदेखिको वर्षाका कारण पासाङ ल्हामु मार्गको रसुवा खण्ड पनि ठप्प भएको छ । पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे–धुन्चे सडक खण्डको मूलखर्कमा ठूला–ठूला ढुङ्गा झरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

यस्तै धुन्चे स्याफ्रु सडक खण्ड अन्तर्गत त्रिशुली खोला, सानो भार्खु, स्याफ्रु तथा स्याफ्रु–रसुवागढी सडक खण्ड अन्तर्गत तातोपानीमा पनि पहिरोका कारण सडक बन्द भएको छ ।

Advertisement

यस्तै पहिरोका कारण काठमाण्डौ–फाकेल सडक खण्ड पनि बन्द छ । नवलपरासीको दाउन्नेमा भने मङ्गलवार बिहान खसेको पहिरो केही हटाएर एकतर्फी बाटो खुलाइएको छ । त्यसैगरी पृथ्वी राजमार्गको जोगीमारमा पनि पहिरो हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top