दिल्लीको अपोलो अस्पतालमा झलनाथ खनालको उपचार सुरु

२ असार ७८, बिहीबार

३ असार, काठमाडौं ।

पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा बुधबारदेखि नै उपचार सुरु भएको छ । स्वास्थ्य अवस्था जटिल बनेपछि बुधबार दिउँसो दिल्ली लगिएको थियो।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले अस्पतालमै पुगेर खनाल र उनको उपचारको नेतृत्व गरिरहेका चिकित्सकसँग स्वास्थ्यस्थितिबारे छलफल गरेका छन् । भेटपछि राजदूत आचार्यले खनालको उपचार बुधबारबाटै सुरु भएको जानकारी दिएका छन् ।

Advertisement

आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार प्रक्रिया दिल्लीको अपोलो अस्पतालमा आजैबाट शुरू भएकोछ। उहाँसंग र उहाँको उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो। उहाँको शीघ्र सफल उपचारको विश्वास छ र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना छ।’

स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि नर्भिक अस्पताल भर्ना भएका खनालको स्वास्थ्यमा थप जटिलता थपिन सक्ने देखिएपछि चिकित्सकको परामर्शमा दिल्ली लगिएको हो ।

खनालमा मिर्गौलाले राम्रोसँग काम नगर्दा हुने स्वास्थ्य जटिलता देखिएको छ । खनालमा मिर्गौलाको समस्याबाट हुने र कोभिडपछिका लक्षणहरू देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताए । डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत संक्रमण देखिएको छ । खनाललाई के भएको हो भन्ने चिकित्सकले किटान गर्न सकेका छैनन् ।

नर्भिक अस्पताल स्रोतका अनुसार खनालको फोक्सोमा पानी जमेको छ । अक्सिजन लेभल राम्रो छैन । अक्सिजनको नियमित सपोर्ट दिइएको छ । त्यस्तै, मंगलबार उनको शरीरमा दुई पिन्ट रगत दिन खोज्दा शरीरले एक पिन्ट मात्रै लिएकाले मुटुले पनि राम्रोसँग काम नगरेको हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।

चिकित्सकहरूले मिर्गौलामा खराबी देखिएकाले तीन महिनापछि ट्रान्सप्लान्ट वा डायलाइसिसको विकल्पमा जानुपर्ने हुन सक्ने बताएको पारिवारिक स्रोतको भनाइ छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top