बाढी पहिरोपछि सडक अवरुद्ध

३ असार, काठमाडौं ।

बाढी पहिरोले अवरुद्ध भएका २४ वटा राजमार्गमध्ये तीनवटा दुईतर्फी खुलेका छन् । १४ वटा सडक एकतर्फी खुलाइएको र बाँकी सातवटा अझै अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

बाजुराको साँफेबगर–मार्तडी–कोल्टी सडकको बार्जुगाड बल्दे–अम्कोट र हड्डे खोला, डुम्रे–बेँसीसहर–चामे सडक अन्तर्गत मनाङको तिमाङ छहरा तथा पाँचखाल–मेलम्ची सडक अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची बजारमा सडक अवरुद्ध छ ।

Advertisement

त्यस्तै, पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत बाग्लुङको बोक्सेमा, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौडे पुलमा सडक अवरुद्ध छ ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यानको शङ्खमूल, पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोट र पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारामा अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।

Advertisement

यस्तै सिद्धार्थ राजमार्गमा पर्ने पाल्पाको पिपलडाँडा, कर्णाली राजमार्गमा पर्ने दैलेखको बाङ्गेसिमल कालाखाला सडक खण्ड र कालाखाला सैन सडक खण्ड, खोड्पे चैनपुर सडकमा पर्ने बझाङको ढोल्यामोड र तमैल कचाली, सिद्धार्थ राजमार्गमा पर्ने पाल्पाको कालीमाटी सिसुवा, कालीकोटको बालीघाट धनाडा भिग्म, पाल्पाको तानसेन–रिडी–कोरला, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको ड्याम साइट, राप्ती राजमार्गमा पर्ने सल्यानको कपुरकोट, पुष्पलाल मध्यपहाडी राजमार्गमा पर्ने पर्वतको सहस्रधारा, पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपुरको थुम्सी, झाङको खोड्पे चैनपुर सडक र मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको पानी ट्याङ्कीको सडक एकतर्फी खुलेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top