विराटनगर,असार १५
सरकारले संघीय संरचना अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरी संगठनलाई संघीय संरचना अनुसार रुपान्तरणका लागि आवश्यक ऐन बनाउने भएको छ ।
आज बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले संघीयता अनुरुप नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादन सम्बन्धी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धी विधेयक बनाउन र शसस्त्र प्रहरी बलको सेवाको गठन सञ्चालन र सेवाको सर्तहरु सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति जनाएको हो ।
त्यसैगरी विदुषी योगमाया विश्वविद्यालय बनाउने सम्बन्धमा कानून बनाउने सैद्धान्तिक सहमति दिएको छ । बैठकले माथिल्लो त्रिशुली बी जलविद्युत् आयोजनाका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ ।