सरकारले लियो एक खर्ब ८० अर्ब रुपैयाँ ऋण, १४ अर्ब अनुदानमा प्राप्त

६ असार, काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा सरकारले झन्डै एक खर्ब ८० अर्ब रुपैयाँ ऋण लिएको छ ।

आन्तरिक र वैदेशिक गरेर साउनदेखि वैशाख महिनासम्म एक खर्ब ७९ अर्ब ६२ करोड रुपैयाँ ऋण लिइएको अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये ६७ अर्ब १० करोड रुपैयाँ वैदेशिक ऋण र एक खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ ।

यस्तै १० महिनामा सरकारले १४ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ । अनुदान र ऋण गरेर १० महिनामा ८१ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै साउनदेखि वैशाखसम्म दुई खर्ब दुई अर्ब २८ करोड रुपैयाँ वैदेशिक अनुदानको प्रतिबद्धता आएको छ । जसमध्ये १० दशमलव नौ प्रतिशत अर्थात् २२ अर्ब रुपैयाँ अनुदान सहायता रहेको छ भने बाँकी ऋण सहायता रहेको छ ।

वैदेशिक सहायताको प्रतिबद्धता अघिल्लो वर्षको पहिलो १० महिनाको तुलनामा ३५ दशमलव ३ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top