विराटनगर, असार १५
एक नम्बर प्रदेशमा ग्रामिण क्षेत्रका लागि नवीकरणीय उर्जा कार्यक्रमको सुरुवात गरिएको छ । शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री शेरधन राईले उर्जा कार्यक्रमको शुभारम्भ गरे ।
जर्मन सरकारको सहयोगमा एक नम्बर प्रदेश र सात नम्बर प्रदेशमा एक साथ उक्त कार्यक्रम लागू भएको हो । आधुनिक उर्जाका सेवाहरुमा पहुँच नभएका वा सीमित पहुँच भएका ग्रामिण क्षेत्रमा उर्जा पुर्याउने उद्देश्यले सो कार्यक्रम लागू गरिएको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल जानकारी दिए ।
कार्यक्रममा मुख्यमन्त्री राईले केन्द्र सरकारको निर्देशन बमोजिम विदेशी निकायसंग प्रदेश र स्थानीय सरकारले कुनै पनि सम्झौता र सहयोग नलिने जानकारी गराए । कानुन र नीति निर्माणको तहमा रहेको बताउँदै उनले एउटै ढोकाबाट सहयोग लिइने स्पष्ट पारेका छन ।
अस्थिर सरकार भएका बेला विभिन्न दातृ निकायबाट विभिन्न पक्षले सहयोग लिदै विभिन्न कार्यक्रम संचालन गरेको भएपनि त्यो खासै फलदायी नदेखिएको बताउँदै उनले अब भने त्यस्तो नहुने उल्लेख गरेका छन ।
प्रदेश सरकारको पाँच वर्ष भित्रमा प्रदेशलाई लोडसेडिङ मुक्त प्रदेश बनाउने लक्ष्य प्राप्तिका लागि यो कार्यक्रम फलदायी हुने मुख्यकन्त्रीको भनाइ छ ।