मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

१५ असार ७५, शनिबार

विराटनगर, असार १६

Advertisement

सुनसरीकाे भोक्राहा गाउँपालिकामा शुक्रबार राती मोटरसाइकलको ठक्करबाट एक बृद्धको ज्यान गएको छ ।

सुनसरी भोक्राहा गाउँपालिका १ मा को ३३ प ४२५ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिंदा सोही ठाँउ बस्ने ५५ वर्षीय रामवृक्ष मुखियाको मृत्यु भएको छ।

Advertisement

मोटरसाइकले ठक्कर दिंदा गम्भीर घाइते भएका मुखियाको राती ९ बजे उपचारकाक्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top