करेन्ट लाग्दा दुई जनाको मृत्यु

१६ असार ७५, शनिबार
Share this
732shares

नेपालगञ्ज, असार १६

Advertisement

विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा करेन्ट लागेर बाँके राप्तीसोनारी गाउँपालिका–६ मेहबानपुरका दुई युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ बजे विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खसेपछि करेन्ट लागेर सोही स्थानका ३४ वर्षीय सुरेश चौधरी र २२ वर्षीय टीकाराम चौधरीको मृत्यु भएको छ । सो घटनामा तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

करेन्ट लागेर दुईवटा गाई, दुईवटा भैँसी र पाँचवटा बंगुर मरेका छन्, भने करेन्टका कारण केही घरमा आगो लागेको बताइएको छ । प्रहरीले घटनाको छानविन गरिरहेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top