विराटनगर, असार १६
बैदिक कर्मकाण्ड परिषद नेपालले विराटनगरका ब्राह्मणहरुलाई दहिचिउरा भोजन गराएको छ । पाणीनी गुरुकुलमा शनिवार आयोजित कार्यक्रममा विराटनगरका १०८ ब्राह्मणहरुलाई भोजन गराएको थियो ।
हिन्दु धर्म ,संस्कारमा ब्राह्मण भोजन,नवकन्याहरुको पुजालाई महत्वकारुपमा लिइन्छ । उक्त कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले ब्राह्मणहरुलाई दहि,चिउरा वितरण गरेर कार्यक्रमको शुभारम्भ गरे ।
मेयर पराजुलीले धर्म,संस्कृतिको संरक्षण र आपसी मित्रताका लागि गरिएको ब्राह्मण भोजन कार्यक्रमको प्रशंसा गरे । परिषदका अध्यक्ष कुमार निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगरका ब्राह्मणहरुलाई धार्मिकपुस्तकहरु समेत वितरण गरिएको थियो । कार्यक्रममा धार्मिक युवा अभियन्ता कौशल ढुङ्गेल ,अनन्त पराजुली लगायतको सहभागिता रहेको थियो ।