डा. गोविन्द केसी पक्राउ,हिरासतमै अनसन बस्ने चेतावनी !

डा. गोविन्द केसी पक्राउ,हिरासतमै अनसन बस्ने चेतावनी !

विराटनगर ःअनसन बस्न जुम्ला पुगेका डा. गोबिन्द के.सी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि अनसन सुरु गरेपछि प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो।अनसन अबरोध गरेर प्रहरीले पक्राउ गरेपछि उनले हिरासतमै अनसन बस्ने चेतावनी दिएका छन् ।अहिले उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ।

कर्णाली प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट २ सय मिटर वरपर अनसन तथा आन्दोलन गर्न नपाइने शुक्रबार निणर्य गरेपछि त्यहाँ गएका डा केसीलाई प्रहरीले त्यहाँ नपुग्दै रोकेको थियो।

प्रहरीले बाटोमै रोकेपछि केसीले प्रधानमन्त्रीलाई लक्षित गर्दै भने,ˊओलीजी अस्पताल प्रवेशमा रोक लगाउन सक्छौँ। तर, मेरो मुख बन्द गर्न सक्दैनौँ। मेरो नागरिक अधिकार हनन् किन ओली जी ? कति दिन तानाशाही शासन चलाउँछौ ?ʼ

जुम्लाको स्नोल्यान्ड होटलमा बसेका डा.केसीलाई प्रतिष्ठानतिर जाँदै गर्दा बिहानै टुँडिखेलको माथिल्लो गेटमा प्रहरीले रोकेपछि तनावको स्थिति सिर्जना भएको थियो।संसदमा विचाराधीन चिकित्सा विधेयक तोडमोड गरिएको भन्दै केसी शुक्रबार अनसनका लागि जुम्ला आएका उनलाई पक्राउ गरेपछि उनको समर्थनमा सयौंँ युवा र नागरिक समाजका सदस्य सडकमा निस्केका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.