इरानको साथ पाएका बिद्रोही समूहमाथि अमेरिकाको हवाई आक्रमण

१३ असार ७८, सोमबार

१४ असार, एजेन्सी ।
इराक र सिरियामा रहेका बिद्रोही समूह लक्षित गर्दै अमेरिकाले हवाई आक्रमण गरेको छ।

इरानको साथ पाएका ति समूहमाथि आक्रमण गरेको अमेरिकी रक्षा मन्त्रालयले जानकारी दिएको हो। बिद्राही समूहले अमेरिकी सुरक्षा बलमाथि ड्रोन आक्रमण गरेपछि जवाफी कारवाही स्वरुप हवाई आक्रमण गरिएको पेन्टागनले जारी गरेको वक्तव्यमा उल्लेख छ।

हवाई आक्रमणको निशानामा बिद्रोही समूहको कार्यसञ्चालन तथा हतियार भण्डारण केन्द्रहरु रहेको पेन्टागनले बताएको छ। पेन्टागनको वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपति जो बाइडेन अमेरिकीहरुको सुरक्षाका लागि गर्नु पर्ने कामहरुमा स्पष्ट हुनुहुन्छ।’

Advertisement

गएको जनवरीमा जो बाइडेन सत्तामा आएपछि इरानको साथ पाएका बिद्रोही समूहमाथि अमेरिकाले गरेको यो दोस्रो हवाई आक्रमण हो।

पछिल्लो महिनाहरुमा इराकमा रहेका अमेरिकी सैनिकलाई लक्षित गरि विभिन्न पटक ड्रोन आक्रमण भएको छ। इरानले यसमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।

Advertisement

इस्लामिक स्टेट (आइएस) विरुद्धको अभियानका लागि खटिएका मध्ये अझै पनि झण्डै २५ सय अमेरिकी सैनिक इराकमा छन्।

रक्षात्मक प्रयोजनका लागि गरिएको हवाई आक्रमणका दुई निशाना सिरिया तथा एक निशाना इराकमा रहेको पेन्टागनले जनाएको छ।

ती निशानाहरुको प्रयोग इरानको साथ पाएका काताइब हेज्बुल्लाह र काताइब सय्यीद अल–शुहादाले प्रयोग गर्दै आएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top