×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यात्रुसँग तीन गुणा बढि भाडा लिने ८ जना पक्राउ

१७ असार २०७८

१७ असार, काठमाडौँ ।

ट्राफिक प्रहरीले उपत्यकाको बिभिन्न स्थानहरुबाट यात्रुसँग तीन गुणा बढिसम्म भाडा लिई ठगी गर्ने ८ जनालाई आज बिभिन्न स्थानबाट पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेहरु टिकट काउण्टरका कर्मचारी देखी निजि सवारी साधनका चालकहरु समेत रहेका छन । हवाई यातायात समेत सुचारु भएसँगै उपत्यका बाहिरिने भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा बृद्धि भएको छ ।

 

बैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्लाहरु जाने अधिकांश यात्रुहरु सवारी साधनबाट ठगीन सक्ने हुनाले ट्राफिक प्रहरीले बिशेष सक्रियता देखाउदै आएको छ ।

जारी निषेधाज्ञा खुकुलो हुन थालेसँगै पुनः यात्रुहरु ठगीन सक्ने र यात्रुहरुलाई समस्या पर्न सक्ने कुरालाई मध्यनजर गरि अपरेसन टोली परिचालन गरेका छौ, टोलीले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्य रुपमा बुझ्ने, निगरानी गरि यात्रुसँग बढि भाडा लिएका
व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र१–०१–००१ज३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ बर्षे पुण्य प्रसाद गिरी, बा२०च२४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ बर्षे सन्त बहादुर कुमाल र मे१ज२९९३ नम्बरको बोलेरो जीप चालक ईलाम घर भएका बर्ष २६ का खेम बहादुर पाँचकोटीलाई यात्रुसँग बढि भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरि कारबाहीको लागी प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने बर्ष ४६ को राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कर्पियो सहित प्रयोजन बिपरीत भाडामा यात्रु बोकेको अबस्थामा नियन्त्रणामा लिएको हो भने सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ बर्षे संजय खड्कालाई समेत यात्रुसँग बढि भाडा लिदै गरेको अबस्थामा नियन्त्रणमा लिइ प्रहरी बृत्त सातदोबाटोमा बुझाएको छ ।

अन्य पक्राउ पर्नेहरुमा कलंकीबाट बा१४च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा६च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ बर्षिय श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका बर्ष३९ को हरेन्द्र बुढाथोकी रहेका छन । पक्राउ परेका सवै जनालाई आवश्यक कारबाहीको लागी प्रहरी बृत्तहरुमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

Advertisement

ट्राफिक प्रहरीले निरन्तर अनुगमन एब गोप्य निग्रानी गरिरहेको र तोकिएको भन्दा बढि भाडा लिएमा वा निजि गाडीले भाडामा यात्रु ओसारपसार गरेको पाइए नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिने समेत एसएसपी भट्टराईले बताए । ट्राफिक प्रहरीले यात्रुसँग बढि भाडा लिई ठगी गरेको कसुरमा हालसम्म ६९ जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top