युरोकप फुटबलमा आज डेनमार्क र चेक रिपब्लिक खेल्दै, इङ्ग्ल्याण्डलाई युक्रेनको चुनौती

युरोकप फुटबलमा आज डेनमार्क र चेक रिपब्लिक खेल्दै, इङ्ग्ल्याण्डलाई युक्रेनको चुनौती

१९ असार, काठमाडौं ।

युरोकप फुटबलको दोस्रो क्वार्टरफाइनलमा आज चेक रिपब्लिक र डेनमार्क तथा इङ्ग्ल्याण्ड र युक्रेन खेल्दैछन् । डेनमार्क र चेकको खेल राति पौने १० बजे अजरबैजानको बाकु ओलम्पिक मैदानमा सुरु हुनेछ ।

चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई २–० गोलले हराएर अन्तिम आठमा पक्का गरेको हो भने डेनमार्कले वेल्सलाई ४–० ले हराएर युक्रेनसँगको भेट पक्का गरेको हो । यस्तै राति पौने १ बजे हुने खेलमा इङ्ग्ल्याण्ड र युक्रेनले खेल्दैछन् ।

खेल इटलीको रोममा रहेको ओलम्पिको स्टेडियममा हुनेछ । प्री–क्वार्टरफाइनलमा युक्रेनले स्विडेनलाई २–१ गोलले हराएको थियो भने इङ्ग्ल्याण्डले जर्मनीलाई २–० ले पराजित गरेको थियो ।

युरोकपमा गएराति बेल्जियमलाई हराउँदै इटाली र स्विट्जरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेका छन् । इटालीले बेल्जियमलाई २–१ गोलले र स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले हराएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.