लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम, पहिरो र डुबानको भने खतरा

२० असार, काठमाडौं ।

लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम भएको छ ।

देशका केही ठाउँमा राति पानी पर्न कम भए पनि गण्डकी प्रदेशका पोखरा, लमजुङसहित वाग्मती प्रदेशको चितवन र तराईका जिल्लामा ठूलो वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।

Advertisement

उनका अनुसार आज भने हिजोअस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा ठूलो वर्षाको सम्भावना भने रहेकाले सतर्कता भने अपनाउनु पर्दछ । आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ ।

यसअघिको वर्षाले नै जमिन गलाइसकेकाले आज पानी नपरेको ठाउँमा पनि पहिरो जान सक्ने भन्दै विज्ञले सचेत रहन आग्रह गरेका छन् । यस्तै, तराईका जिल्लामा आज ठूलो पानी पर्ने सम्भावना रहेकाले डुबानको जोखिम पनि रहेको मौसमविद्ले बताएका छन् । अहिले मनसुनी न्यूनचापीय रेखा तराईको भूभाग नजिकै रहेको छ ।

Advertisement

यस वर्षको मनसुन सुरु भएपछि बाढी तथा पहिरोका कारण अहिलेसम्म ३८ जनाको ज्यान गएको छ । ३१ जना हराइरहेका छन् । बाढी पहिरोमा परि ४७ जना घाइते भएका छन् । यस्तै मनसुनजन्य विपदबाट झण्डै पाँच सय घरमा पूर्ण रुपमा क्षति पुगेको छ।

एक सय १२ घरमा आंशिक क्षति पुगेको छ भने झण्डै तीन दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्की पुल, निर्माणाधीन र सञ्चालनमा रहेका सानाठूला गरी २५ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । मनसुन सुरु भए लगत्तै अवरुद्ध बनेका मनाङ जाने, बाजुरा जाने र सिन्धुपाल्चोकको तातोपानी नाका जाने सडक लामो समयदेखि बन्द छन् ।

Advertisement

भर्खरको समाचार

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

सम्बन्धित समाचार

Scroll to Top