×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारत जानेको लर्को

२० असार २०७८

२० असार, काठमाडौं ।

भारतमा रहेका कञ्चनपुरको वेदकोट नगरपालिका–४ का पुष्कर थापा कोरोनाको दोस्रो लहरका बेला चैतमा घर फर्किएका थिए। उता कमाएर ल्याएको रकम यता महिना नपुग्दै तिरतारमा सकियो। घरमा नुनतेलको खर्चका लागि पनि समस्यामा परेका उनले पसल गरे। तर, निषेधाज्ञाका कारण पसल चलेन। उनी फेरि भारततिर हिँडेका छन्।

Advertisement

‘पसल गरेँ। बन्दले चलेन। अरू मजदुरी केही पाइनँ’, गौरीफन्टा सीमा नाकामा लाम लागेको अवस्थामा भेटिएका थापाले भने, ‘परिवार पाल्न भारत जानुको विकल्प देखिनँ। गरिबले भारतबाहेक काँ जाने त ? विदेश (तेस्रो मुलुक) जान लाखौं खर्च हुँदैन। टिकट काटेपछि भारत जान सजिलो। त्यसैले आज भारत जान लागेको।’

कैलालीको लम्कीचुहा नगरपालिका मोतीनगरका गणेश बडुवाल पनि शुक्रबार भारत पसेका छन्। मुम्बईमा काम गर्ने बडुवालले भने, ‘घरदेश छोड्न कसलाई राम्रो लाग्ला र ? तर, केही रोजगारी पाइँदैन, के गर्नु ? भारत जानुको विकल्प छैन।’

बडुवाललाई भारतमा अझै कोरोनाको कहर यथावत् रहेको थाहा छ। दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोना पुष्टि भइरहेको समाचारमा सुनेको उनले बताए। ‘तर, त्यहाँ मालिकले खोप लगाएपछि कोरोना लाग्दैन। लागे पनि अस्पताल भर्ना हुनुपर्दैन भने’, उनले भने, ‘त्यसैमा हाम्रो देशमा खोप पनि पाइँदैन, मालिकले बोलाएकाले जान थालेको हुँ।’

कोरोना महामारी ओर्लिएपछि भारतले फेरि सहरहरू खुल्न थालेका छन्। सार्वजनिक यातायात र रेल सेवा सञ्चालनमा आएका छन्। ‘दुई महिना भयो घर आएको। दुई महिनामै बालबालिकालाई के खाऊँ, के लाऊँ भइँसक्यो।

भारत नजानुको विकल्प पनि त छैन नि’, कैलालीको लम्कीचुहा–४ का रामबहादुर विष्टले भने, ‘नेपालमा मजदुरीसम्म पनि पाइएन। कतै विद्यालय भवन, कतै सडक बन्दा र काम पाउला भनेर खोजेको तर सबै काम डोजरले गरिसक्यो भन्छन्। त्यसैले केही सीप नलागेपछि भारत हिँडेको।’

Advertisement

यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top