ब्राजिलका राष्ट्रपतिमाथि  खोप खरिदमा भएको भनिएको भ्रष्टाचारमा अनुसन्धान हुने

२० असार, एजेन्सी ।
भारतबाट कोभ्याक्सिन खरिद सम्झौतामा भएको भनिएको भ्रष्टाचारमा ब्राजिलका राष्ट्रपति जैर बोल्सनारोमाथि अनुसन्धान हुने भएको छ ।

ब्राजिलको सर्वोच्च अदालतले बोल्सनारोविरुद्ध अनुसन्धानको अनुमति दिएको हो ।

शुक्रबार ब्राजिलको सर्वोच्च अदालतका एक जना न्यायाधीशले उक्त अभियोगमा बोल्सनारोको भूमिकाको जाँच सुरु गर्न गरिएको अनुरोधलाई अनुमति दिएको बीबीसीले जनाएको छ ।

बोल्सनारोमाथि भारतमा बनेको कोभ्याक्सिन खोप अधिक मात्रा खरिद गर्नका लागि सहमति दिएको आरोप लागेको छ । उक्त खरिद सम्झौतामा भ्रष्टाचार भएको र राष्ट्रपति कारबाही गर्न विफल भएको आरोप लगाइएको छ ।

यद्यपी बोल्सनारोले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका छन् । उनले आफूमाथि महाभियोग लगाउनका लागि यी आरोप लगाइएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

Scroll to Top