×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

नारायणगढ–बुटवल सडक बिस्तारः दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

२१ असार २०७८

२१ असार, काठमाडौँ ।

निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक बिस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन ।

Advertisement

पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी सरकारले बिस्तार शुरुआत गरे पनि पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन नसकेर र अहिले कोभिडका कारणले ढिला भइरहेको छ । यही असारको १ गतेदेखि नियमित भइरहेको वर्षाका कारण निर्माण सुस्त भएको नारायणगढ–बुटवल सडक योजनाले जनाएको छ ।

सडकमा कहिले डाइभर्सनलगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरुद्ध भएकाले त्यसैलाई खुलाउन योजना केन्द्रीत भएको प्रमुख रमेशकुमार दृष्टिले बताए । उनले भने, “अहिले कतिपय कामदारको गाउँमा रोपाइँ भएकाले होला फर्किएका छैनन् ।”

सामान्य अवस्थामा झण्डै चारदेखि पाँच सयसम्म कामदार हुने गरेकामा अहिले आयोजनामा झण्डै ५०–६० जना मात्रै कामदार कार्यरत छन् । कोभिडको त्रासका कारणले फर्किएका कामदार अझै निर्माणस्थल नफर्किएको उनले बताए ।

गत वैशाख महीनामा देशभरमा सङ्क्रमितको सङ्ख्या बढेसँगै धेरै कामदार घर फर्किएका थिए । कामदारले डरले गर्दा वा परिवारका सदस्यलाई कोभिड हुँदा घर फर्किएको उनले बताए । उनले भने, “वैशाखमा फर्किएका अझै फर्किएका छैनन् ।”

अहिले दैनिक वर्षात भइरहेकाले निर्माणको काम गर्न नसकिएको प्रमुख दृष्टिले बताए । निर्माणका लागि असार÷साउन उपयुक्त समय नभएकाले आपत्कालीन मर्मतबाहेक अरु काम कम हुन्छ । मौसमले साथ दिए र सङ्क्रमण घटेमा भदौबाट मात्र काम गर्न सकिने उनले बताए ।

विस्तारको काम तालिकाभन्दा धेरै पछाडि रहेको आयोजनाले जनाएको छ । ठेक्का अवधि झण्डै ६० प्रतिशत सकिँदा निर्माणको काम झण्डै छ÷सात प्रतिशत मात्रै सकिएको हो । निर्माणस्थलमा पहिले रुख कटान र खम्बा सार्न लामो समय लागेको प्रमुख दृष्टिले बताए ।

कोभिडले गर्दा गत वर्ष र चालू वर्ष गरी दुई वर्ष अवरोध भएको छ । अझै पनि बिजुलीको खम्बा हटाउन सकिएको छैन । उनले भने, “पोल हटाउननका लागि सम्झौता भइसकेकाले त्यो सकिएपछि कामले गति लिनेछ ।”

सामान्यतया निर्माणस्थल खाली नहुँदै ठेक्का सम्झौता भएको ठेक्कामा शुरुका वर्षमा प्रगति कम नै हुन्छ । शुरुवाती समयलाई तयारीको समयका रुपमा लिने गरिन्छ ।

पछिल्लो वर्षमा द्रुत प्रगति हुने अपेक्षा गरिएको प्रमुख दृष्टिले बताए । निर्माण अघि बढाउन उपकरण र सामग्रीको पनि आवश्यकता पर्छ । निर्माणको काम गरिरहेको चिनियाँ कम्पनीसँग अहिले उपकरण कमी छैन । उनले भने, “अझै पनि कोभिडको त्रास नहटेकाले र कामदार कति आउँछन् त्यसमा निर्भर हुन्छ ।”

ठेक्का सम्झौताका आधारमा झण्डै एक वर्ष अवधि बाँकी रहेको छ । अझै पनि समयमा सकाउनेमा शङ्का रहेको प्रमुख दृष्टिले बताए । गत वर्ष छ महीना अवधि थप भएको थियो भने चालू आवमा पनि अवधि थपिन सक्ने देखिएको छ । उनले भने, “थपिएको समयमा निर्माण सकिएमा पनि उपलब्धि मान्न सकिन्छ ।”

गत आवमा सरकारले जारी गरेको बन्दाबन्दीका कारण निर्माणमा बाधा पुगेको थियो । चालू आवमा भने प्रशासनले समन्वय गरेकाले आवश्यकमात्रामा आवतजावत गर्न समस्या नभएको उनले बताए ।

चालू आवमा कामदार आफैँ मानसिकरुपमा डराएका कारणले काममा लगाउन नसकिएको उनले बताए । निर्माण व्यवसायीले चाहेर पनि काम लगाउन सकेका छैनन् ।

अहिले निर्माणस्थलमा हटाउनुपर्ने धेरै कुरा हटिसकेको प्रमुख दृष्टिले बताउनुभयो । बन क्षेत्रमा रुख हटाउने काम ९० प्रतिशत प्रगति भइसकेको छ । तत्कालका लागि रुखका कारण निर्माण नै रोकिने अवस्था नभएको आयोजनाले जनाएको छ । अहिले कतिपय स्थानमा विद्युत्को लाइन हटाउन बाँकी छ । उनले भने, “त्यसका लागि सम्झौता भइसकेकाले चाँडो अघि बढाउन सकिनेछ ।”

अहिले काम गर्नका लागि आवश्यकपर्ने जनशक्ति पर्याप्त हुँदा बाँकी समयमा धेरै प्रगति हुनसक्ने देखिएको आयोजनाले जनाएको छ । सडकको अधिकार क्षेत्र (राइट अफ वो)को समस्या कम भइरहेको छ । खानेपानीको केही पाइप मात्र हटाउन बाँकी रहेको प्रमुख दृष्टिले बताए । उनले भने, “त्यो हटाउन कुरा भइरहेको छ ।”

गत आवमा व्यवसायी र कामदारबीच समस्या आउँदा पनि निर्माणमा ढिलाइ भएको थियो । गत वर्ष कम्पनीले कामदारलाई भुक्तानी नदिँदा पनि समस्या भएको थियो । अहिले भने त्यो समस्या हटिसकेको छ ।

विसं २०७५ चैतमा सो सडकको बिस्तार शुरु भएको थियो । दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई दिइएको छ ।

Advertisement

चार लेनमा बिस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा बिस्तार हुनेछ । सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक बिस्तार गरिसकेको छ भने नागढुङ्गा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top