×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग

२२ असार २०७८

२२ असार, म्याग्दी ।
जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानी क्षेत्रको गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग बनाइएको छ ।

अन्नपूर्ण–६ मा पर्ने घोडेपानीदेखि वडा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी “ट्रेल” (घोडा मार्ग) निर्माण भएको हो । गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल जोड्ने मार्गमा प्रदेश सरकारले चरा अवलोकन स्थल र घोडा बाँध्ने तबेलासमेत बनाएको छ ।

Advertisement

घोडेपानी भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले जानकारी दिए ।

“घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी ट्रेक (घोडा हिँड्ने) मार्गका साथै चरा अवलोकन स्थल र तबेला निर्माण गरिएको छ”, उनले भने, “सडकका कारण छोटिएको पर्यटकको बसाइ लम्ब्याउन सहायक गन्तव्य बनाएका हौँ ।”

कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्था भए पनि वनमा असर नपुग्ने गरी स्थानीय युवकयुवती र मजदुर परिचालन गरेर मार्ग बनाइएको हो ।

घोडेपानी–प्यारीबाराही मार्गमा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत रु २० लाख बजेट विनियोजन गरेको थियो ।

सो बजेटबाट फरक–फरक ठाउँमा डेढ मिटर फराकिलो तीनरतीन किलोमिटरको साइकल र घोडा मार्ग निर्माण भएको सहायक वन अधिकृत नवीन विश्वकर्माले बताए ।

“लालिगुराँसको घना जङ्गलको बीचमा समथर चौर भएको कालीसार भन्ने ठाउँमा चरा अवलोकन स्थल बनाइएको छ”, उनले भने, “गुराँसे जङ्गलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण शृङ्खलाका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।”

यसैगरी भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ । घोडेपानी आसपासका सम्भावित नयाँ पर्यटकीय गन्तव्य स्थलमा पूर्वाधार विकास गरेर पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले नयाँ अवधारणाको मार्ग बनाइएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

घोडेपानी र प्यारीबाराही क्षेत्रमा ठूलो गुराँसको जङ्गल छ । जङ्गलमा डाँफे, कालिज, मृग, चितुवा, घोरललगायत वन्यजस्तुको बसोबास छ । जैविक विविधताका हिसाबले पनि यो पदमार्ग आकर्षक छ ।

घोडेपानी र प्यारीबाराही तालको नजिकै पर्ने फूलबारीमा प्रदेश सरकारकै १० लाख सहयोगमा गुराँस पार्क स्थापना भएको छ । घोडेपानीबाट पर्यटकहरु घोडा र साइकल दुवै चढेर प्यारीबाराही ताल जान तथा आउन सक्ने भएका छन् ।

जङ्गलको बीचमा रहेको प्यारीबाराही तालको धार्मिक तथा पर्यटकीय सम्भावना छ । तालमा हिमालको छायाँ देखिन्छ । जनैपूर्णिमा पर्वमा यहाँ पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ ।

Advertisement

करिब २०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा गोलो आकारमा फैलिएको ताल आकर्षक छ । तालमा खस्ने पात एउटा चराले टिपेर फाल्ने गरेको स्थानीयवासी बताउँछन् ।(रासस)

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top