कोपा अमेरिका : दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दै

कोपा अमेरिका : दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दै

२३ असार, काठमाडौं ।

कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । खेल बिहान पौने ७ बजेदेखि सुरु हुनेछ ।

अर्जेन्टिना र कोलम्बियाबीचको विजेताले फाइनलमा ब्राजिलसँग खेल्नेछ । आयोजक ब्राजिलले पेरुलाई १–० ले हराएर फाइनलमा प्रवेश गरिसकेको छ ।

अर्जेन्टिनाले क्वार्टर फाइनलमा इक्वेडरलाई ३–० गोलले हराएको थियो । कोलम्बियाले क्वार्टर फाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.