×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

नेपाली नेताले बोल्न पाएनन् सीपीसीले आयोजना गरेको राजनीतिक सम्मेलनमा

२३ असार २०७८

२३ असार, काठमाडौं ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड– १९ का विषयमा ‘केही मुलुक’ ले राजनीति गरेको आरोप लगाउँदै राजनीतीकरणविरुद्ध आवाज उठाउन आह्वान गरेका छन् ।

Advertisement

विश्वका राजनीतिक दलका शीर्ष नेतासँग चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट आयोजना गरेको राजनीतिक सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले कोरोना भाइरसलाई चीनसँग जोडेर टीका–टिप्पणी भएकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

विश्व राजनीतिक सम्मेलनमा एक सय ६० राजनीतिक दलका शीर्ष नेता एवं करिब दश हजार प्रतिनिधि भर्चुअल माध्यममा एकै साथ सहभागी थिए । सम्मेलनमा प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा सभागी थिए । स्वास्थ्यको कारण देखाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा भने सम्मेलनमा सहभागी भएनन् ।

विश्व राजनीतिक सम्बोधनको सुरुमा चिनियाँ राष्ट्रपति सीले प्रमुख वक्ताको हैसियतमा बेइजिङबाट सम्बोधन गरेका थिए । त्यसपछि दक्षिण अफ्रिका, क्युबा, बोलिभिया, प्यालेस्टाइन, मोरक्को, भियतनामलगायतका नेताले सम्बोधन गर्ने अवसर पाएका थिए ।

नेपालबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिए पनि दर्शकका रूपमा मात्रै सहभागी भए । सम्बोधन गर्ने अवसर नआउने संकेत पाएपछि एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपाका शीर्ष नेताले भिडियो सन्देश पठाएका छन् । यसअघि पाँच–पाँच मिनेट सम्बोधन गर्ने अवसर रहेको भनिए पनि नेपाली शीर्ष नेताले बोल्ने अवसर पाएनन् ।

‘नेपालका नेताहरूले भिडियो सन्देश पठाएका छन्, सबै नेताले पठाएको भिडियो सम्बोधन चिनियाँ कम्युनिस्ट पार्टीले वेबसाइटमा राख्ने भनेको छ,’ कार्यक्रममा सहभागी राप्रपा नेता शोभित उप्रेतीले भने, ‘सम्मेलनमा नेपाली शीर्ष नेताले बोल्ने कार्यक्रम नभएपछि सन्देश पठाइएको हो ।’

दक्षिण एसियाबाट पाकिस्तानका प्रधानमन्त्री इमरान खान र श्रीलंकाका प्रधानमन्त्री महिदा राजापाक्षेले मात्रै सम्मेलनमा सम्बोधन गर्ने अवसर पाएका छन् । भर्चुअल सम्मेलनमा एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, नेताहरू रामबहादुर थापा बादल, सुवास नेम्वाङ, प्रदीप ज्ञवालीलगायत नेता सहभागी थिए ।

माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, देवेन्द्र पौडेल, वर्षमान पुनलगायत थिए । कांग्रेस सभापति देउवा सहभागी भएनन्, तर नेताहरू डा। प्रकाशशरण महत र डा। नारायण खड्का सहभागी भए । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र नेता शोभित उप्रेती पनि सम्मेलनमा सहभागी भए ।

Advertisement

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top