जापानको राजधानी टोक्योमा आपतकाल

२३ असार ७८, बिहीबार

२४ असार, काठमाडौं ।

Advertisement

ओलम्पिक प्रतियोगितालाई मध्यनजर गर्दै जापानको राजधानी टोक्योमा आपतकाल लागू भएको छ । टोक्यो ओलम्पिकमा भीडभाड हुँदा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भन्दै त्यहाँ आपतकाल लागू गरिएको हो ।

बढ्दो सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतियोगितामा दर्शकलाई प्रवेशमा रोक लगाउने तयारी भएको छ । कोरोनाको सङ्क्रमण रोक्न दर्शकको प्रवेशलाई रोक्नु नै उत्तम विकल्प भएको त्यहाँका विज्ञले बताएका छन् ।

Advertisement

टोक्यो ओलम्पिकमा विदेशी दर्शकलाई यसअघि नै प्रवेशमा रोक लगाउने निर्णय भइसकेको छ । टोक्यो ओलम्पिकको उद्घाटन आउँदो २३ तारिखमा हुँदैछ ।

कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिकको प्रतियोगिता अहिले हुन लागेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top