२४ असार, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा १८७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १२१८ र एन्टिजेन विधिबाट ६५७ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । बुधबार नेपालमा थप २९७९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

यस्तै, आज थप १२८६ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ ।

Scroll to Top