×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

बुटवल–नारायणगढसहित १८ वटा सडक बन्द

२४ असार २०७८

२४ असार, काठमाडौं ।

बाढी र पहिरोका कारण १८ वटा राजमार्ग तथा सडक बन्द रहेका छन् । सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोतीमा बाढीले सडक नै बगाएको छ । अहिले सयौँ गाडी लाममा लागेका छन् । गैँडाकोटदेखि बुटवल पुग्न निकै समस्या रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

यस्तै मुग्लिन–नारायणगढ सडक बन्द हुने र खुल्ने क्रम चलिरहेको छ । सेती दोभानमा बिहान ठूलो पहिरो खसेपछि बन्द भएको सडक दिउँसोदेखि खुलेको छ । मुग्लिन–नारायणगढ सडकको ठाउँ–ठाउँमा माथिबाट ढुङ्गा खस्ने क्रम चलिरहेकाले गाडी नियमित चल्न सकेका छैनन् ।

यद्यपि हिजो बुधवारको तुलनामा आज धेरै गाडीलाई वारपार गराउन सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीदेखि पोखरासम्मका विभिन्न ठाउँमा सडक बन्द छ । पाल्पाको झुम्सा, हिउँदे खोला, सिद्धबाबा, पिपलडाँडा लगायतका ठाउँमा पहिरोले सडक बन्द छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको दोविल्ला र नयाँ पुलमा पनि पहिरोले सडक बगाउँदा गाडी चल्न सकेका छैनन् । ललितपुर–मकवानपुरका विभिन्न ठाउँमा पहिरो जाँदा कान्ति राजपथ पनि बन्द रहेको छ ।

Advertisement

यस्तै लमजुङबाट मनाङ जाने सडक, सिन्धुपाल्चोक, रसुवा लगायतका ठाउँमा पनि सडक बन्द रहेको सडक विभागले जनाएको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top