अर्जेन्टिनालाई ५–० गोल अन्तरले हराउँछौंः जैर बोलसानारो

अर्जेन्टिनालाई ५–० गोल अन्तरले हराउँछौंः जैर बोलसानारो

२६ असार, एजेन्सी ।
ब्राजिल र अर्जेन्टिना आइतबार बिहान कोपा अमेरिकाको फाइनल खेलमा आमनेसामने हुँदैछन्।

कोरोना संक्रमणको अवस्थाबिच ब्राजिलमा भइरहेको प्रतियोगितामा घरेलु टोली र अर्जेन्टिना दुवै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

यसबिच ब्राजिलमा कोरोना संक्रमण नियन्त्रण गर्न असफल राष्ट्रपति जैर बोलसानारोले कोपा अमेरिका फाइनल खेलमा ब्राजिल नै जित्ने भविष्यवाणी गरेका छन्। अर्जेन्टिनलाई ५–० गोल अन्तरले ब्राजिलले पराजित गर्ने उनको दाबी छ।

दक्षिण अमेरिकी नेताहरुसँग भर्चुअल सम्मेलनका क्रममा उनले अर्जेन्टिनाका राष्ट्रपति अर्बर्टो फर्नानडेचलाई लक्षित गर्दे घरेलु टोलीले उपाधि जित्ने बताएका हुन्।

परिणाम के हुन्छ भनेर म भन्छु। ५–० ले खेल जित्नेछौं, बोलसानारोले भविष्यवाणी गरिरहँदा फर्नानडेच भने हाँसिरहेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.