×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाकिस्तानसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला इङ्ग्ल्यान्डलाई

२७ असार २०७८

२७ असार, काठमाडौं ।

पाकिस्तानसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला एक खेल अगाडि नै इङ्ग्ल्यान्डले जितेको छ । लड्र्समा भएको दोस्रो एक दिवसीयमा पाकिस्तानलाई ५२ रनले हराउँदै इङ्ग्ल्यान्डले श्रृङ्खला जितेको हो।इङ्ग्ल्यान्डले २–० को अग्रता बनाएको छ ।

Advertisement

इङ्ग्ल्यान्डले दिएको २ सय ४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तान ४१ ओभरमा अलआउट हुँदै १ सय ९५ रनमा समेटियो । पाकिस्तानका लागि साउद शकिलले ५६ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन् । इङ्ग्ल्यान्डका लेविस ग्रेगोरीले ३ विकेट लिए । त्यस्तै क्रेग ओभर्टन, सकिब मोहमुद र माट पार्किनसनले २÷२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ४५ ओभर २ बलमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो । इङ्ग्ल्यान्डका फिल साल्टले ६० रन तथा जेम्स भिन्सले ५६ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका हसन अली एक्लैले ५ विकेट लिए ।

Advertisement

हरिस राउफले २ विकेट लिए । दुई टोलीबीचको अन्तिम तथा तेस्रो एकदिवसीय मंगलवार हुनेछ । तीन खेलको एक दिवसीय र तीन खेलको टी–२० शृङ्खला खेल्न पाकिस्तान इङ्ल्यान्ड भ्रमणमा रहेको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top