स्थानीय तहमा अनियन्त्रित भ्रष्टाचार

स्थानीय तहमा अनियन्त्रित भ्रष्टाचार

२७ असार, काठमाडौँ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनीयताको शपथ लिनासाथ ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’को वाचा गरेका थिए। आफू नेतृत्वको सरकार पाँच  (शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ र सुशासन)लाई मुख्य प्राथमिकतामा राखेर सञ्चालन हुने उनको भनाइ थियो। तर, मुख्यमन्त्री राउतको उक्त वाचा भाषणमै सीमित देखिएको छ।

प्रदेश २ का स्थानीय तह भ्रष्टाचार तथा अनियमिततामा मुछिए पनि नियामक निकायबाट कुनै अनुगमन हुन सकेको छैन। स्थानीय जनप्रतिनिधिले विकास बजेटमा चरम भ्रष्टाचार गर्दै आएका थुप्रै उदाहरण सार्वजनिक भएका छन्।

रौतहटको फतुवा विजयपुर नगरपालिका–१० का वडाध्यक्ष मनोज चौधरीले असार २१ गते इन्जिनियर फिरोज आलमलाई हातपात गरे। वडाध्यक्ष चौधरीले कामै नभएको शीर्षकमा रकम भुक्तानीका लागि कागजात बनाइदिन ‘दबाब दिँदै आएका’ थिए। तर, इन्जिनियरले नमानेपछि चौधरीले आवेशमा आई कुटपिट गरेको जनाइएको छ। तर, गैरकानुनी कामका लागि दबाब दिने वडाध्यक्षमाथि कुनै कारबाही भएको छैन।

धनुषाको औरही गाउँपालिकाले एउटै बोलपत्रलाई तीनपटक संशोधन ग¥यो। औरही गाउँपालिका–२ देउरी परवाहास्थित १५ शय्याको प्राथमिक स्वास्थ्य चौकी निर्माणका लागि २०७७ पुस २९ गते पहिलो पटक बोलपत्र सूचना प्रकाशन गरिएको थियो।

त्यसपछि ११ वटा निर्माण कम्पनीले आवेदन पेस गरे। तर, अन्तिम समयमा गाउँपालिका कार्यालयले टेन्डर रद्द ग¥यो। वैशाख १७ गते दोस्रो पटक टेन्डरको सूचना प्रकाशन गरियो। त्यसपटक पनि ११ वटा कम्पनीले रीतपूर्वकको बोलपत्र भरे। तर, फेरि टेन्डर खुल्नुभन्दा अगावै अर्को सूचना प्रकाशन गरियो।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.