ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन

ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन

२७ असार, काठमाडौँ ।

कोपा अमेरिका २०२१को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनल खेलमा ब्राजिललाई १–०ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाको जितमा विंगर एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन्यो । खेलको २२औँ मिनेटमा रोड्रीगो डे पलले दिएको लामो पासलाई नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै डी मारियाले गोल गरेका थिए ।

योसँगै अर्जेन्टिना कोपामा १५ पटकको च्याम्पियन बनेको छ । जारी प्रतियोगिता एवं अन्तर्राष्ट्रिय फुटबलमा सुपरस्टार लियोनल मेस्सीको कप्तानीमा यो पहिलो देशका लागि अन्तर्राष्ट्रिय उपाधि हो ।

मेस्सीको फुटबल करियरमा देशका लागि यो पहिलो ठुलो उपाधि पनि हो । अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लोपटक कोपा जितेको थियो । अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.