जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

२७ असार, मकवानपुर ।

जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पचपन्न वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका–९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती महिलालाई जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.