आगलागीबाट पाँचलाख बराबरको क्षति

आगलागीबाट पाँचलाख बराबरको क्षति

सुनसरी, असार १९

सुनसरीको कोशी गाउँपालिकामा गएराती आगलागी हुँदा स्थानीय जुमन मियाँको टिनले बनेको दुई तले घर जलेको छ। मियाँको घरमा आइतबार राती खाना पकाउनेक्रममा अचानक आगलागी भएको हो।

आगोले मियाँको टिनले बनेको घर, घरभित्र राखिएको नगद पाँच हजार, पाँच मन धान, दुई मन गहुँ, काठपात, लत्ताकपडाहरु जलेर नष्ट हुँदा करिब पाँच लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी प्रहरी, स्थानीयबासी र इटहरी उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.