उत्तर दक्षिण कोरिया बास्केटबल ‘डिप्लोमेसी’

१८ असार ७५, मंगलबार

सोल, असार  १९

Advertisement

दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीले नेतृत्व गरेको दक्षिण कोरियाका बास्केटबल खेलाडीहरुको एक समूह मङ्गलबार उत्तर कोरिया प्रस्थान गरेको छ । दक्षिण कोरियाका दर्जनौँ बास्केटबल खेलाडीसहित उनी मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।

यस घटनालाई केही सञ्चारमाध्यमहरुले उत्तर र दक्षिणको ‘बास्केटबल डिप्लोमेसी’ भनी व्याख्या गरेका छन् । ती सञ्चारमाध्यमहरुले दुई देशबीच पछिल्लो समयमा विकास भएको कूटनीतिक सम्बन्धमा यसले थप सुधार ल्याउने बताएका छन् । दक्षिण कोरियाली केही सञ्चारमाध्यमले बास्केटबल उत्तर कोरियाली नेता किम जोङ उनको सबैभन्दा मनपर्ने खेल हो । अहिले आएर उनको लोकप्रिय खेलका खेलाडीहरुले उत्तर कोरियाको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा लिनुपर्ने बताइएको छ ।

Advertisement

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा यहाँका ५० जना बास्केटबल खेलाडीको सो प्रतिनिधिमण्डल मङ्गलबार उत्तर कोरियाको राजधानीका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बताइएको छ । उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पछिल्लो समयमा यही जुन १२ मा सिङ्गापुरमा भएको वार्तापछि पहिलो पटक यी दुई देशका यति उच्च अधिकारीले भ्रमण गर्न लागेका हुन् ।

अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्तापछि अमेरिका र उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ । यी दुई देशबीच भएको उक्त ऐतिहासिक वार्तामा भएका सम्झौताको कार्यान्वयनका बारेमा हाल उत्तर कोरियाले काम गरिरहेको जानकारी गराइएको छ ।

Advertisement

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले यसअघि नै एउटा पारमाणविक उत्पादन केन्द्र भत्काइसकेको र सो कुरा सार्वजनिक पनि भइसकेको बताएका छन्। गएको जुन १२ मा सिङ्गापुरमा भएको वार्ताकै क्रममा पनि उत्तर कोरियाली नेता किम जोङ उनले आफूले शक्तिशाली आणविक केन्द्र भत्काइसकेको जानकारी दिएको समाचार आएको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top