काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई अमेरिकी खोप दिइने

६ साउन, काठमाडौं ।

Advertisement

काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई अमेरिकाले दिएको कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सनको खोप लगाइने भएको छ ।

५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउएर बाँकी रहेको डोज लगाइने भएको हो ।

Advertisement

स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा झण्डै एक लाख डोज खोप बाँकी रहेपछि ती खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

जोन्सनको खोप यही साउन ४ गतेदेखि लगाउन सुरु गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top