×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गोलभेँडाले मूल्य पाएन, कृषक मर्कामा

८ श्रावण २०७८

८ साउन, पाँचथर ।

बन्दाबन्दीको प्रभाव र गुणस्तरमा प्रश्न उठ्नाले यस वर्ष यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य पाउन सकेको छैन । गत वर्ष यही समय प्रतिकिलो रु २० मा बिक्री भएको गोलभेँडा यसपालि प्रतिकिलो रु १० देखि १२ मा बिक्री भइरहेको छ । गोलभेँडाको अत्यधिक उत्पादन हुने जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका कृषकले यस वर्ष उचित मूल्य प्राप्त गर्न नसकेका हुन् । कोभिड–१९ सङ्क्रमणको महामारी तथा बन्दाबन्दीका कारण बजार प्रभावित हुनुका साथै अत्यधिक वर्षा हुँदा गुणस्तरीय गोलभेँडा उत्पादन नहुँदा मूल्यमा ह्रास आएको हो । गोलभेँडाले गत वर्षको भन्दा कम मात्रै मूल्य पाएपछि कृषक मर्कामा परेका हुन् ।

Advertisement
Advertisement

“पोहोर साल प्रतिकिलो रु २० भन्दा कम मूल्यमा बेच्नुपरेको थिएन”, याङवरक–६ का गोलभेँडा उत्पादक कृषक रामकुमार गुरागाईँले भने, “यसपालि त रु १०र१२ मा बेच्न पनि कठिन प¥यो ।” बन्दाबन्दीका कारण गोलभेँडाको बिक्रीमा व्यापारीबीच प्रतिस्पर्धा नहुँदा उचित मूल्य पाउन नसकेको कृषक गुरागाईँको भनाइ छ । “हामी कृषक आफैँले बजार पु¥याएर बिक्री गर्न सक्ने अवस्था पनि छैन”, गुरार्गाईँले भने, “निषेधाज्ञाका कारण समयमा व्यापारी नआउँदा कति टमाटर त कुहिएर गयो ।” २५ रोपनी खेतमा बर्खे गोलभेँडा लगाएका गुरागाईँले कम्तीमा रु एक लाख आम्दानी गर्ने सोच बनाउनुभएको थियो । “अघिल्ला वर्षहरुमा रु एक लाख ६० हजारसम्म आम्दानी गरेको थिएँ”, उनले भने, “यसपालि त साँवा नै उठेन ।”

कोभिड–१९ को महामारीका कारण दैनिक उपभोग्य सामग्रीको मूल्य बढेकै समयमा आफूहरुको उत्पादनले मूल्य नपाउँदा समस्या परेको कृषक रीता खड्काको भनाइ छ । “पहिले किन्नुपर्ने सामानको मूल्य सस्तो थियो । तर यसपालि बढेकै बेला हाम्रो उत्पादनले मूल्य पाएन”, खड्काले भने, “पानी धेरै पर्नाले टमाटर कुहिएर जाने समस्या पनि देखियो ।” गोलभेँडा पाकेर झर्न लागेपछि टिपेर राखे पनि समयमा व्यापारी नआउँदा त्यसै खेर फाल्नुपरेको उनको गुनासो छ । पाँच रोपनी खेतमा लगाइएको गोलभेँडाबाट कम्तीमा रु ५० हजार आम्दानी गर्ने लक्ष्य बनाएका याङवरक–६ कात्तिकेका पुष्पलाल पुरी रु १२ हजार पनि आम्दानी नहुँदा निराश हुनुहुन्छ । “बिक्री गरिसक्न लागेँ । तर यसपालि टमाटरसँग धेरै आश छैन”, पुरीले भने, “यसपालि प्रकृतिले नै धोका दियो ।”

हिलिहाङ–१ का सहकारीकर्मी केशव भण्डारी यस वर्ष गोलभेँडाले उचित मूल्य पाउन नसकेको वताउँछन् । “रु १०र१२ मा बिक्री भइरहेको छ”, भण्डारीले भने, “यसले कृषकलाई मारमा पा¥यो ।” याङवरक–६ का वडा सदस्य यामकुमार काम्बाङ गोलभेँडाले उचित मूल्य नपाउँदा सयौँ परिवार कृषक मारमा परेको बताउँछन् । “हामीकहाँ गोलभेँडाको खेती नगर्ने परिवार नै छैनन्”, काम्बाङले भने, “मूल्य निकै कम हुँदा सबै जना मारमा पर्नुभएको छ ।”

कृषि प्राविधिक, कृषक एवं गोलभेँडाका स्थानीय व्यापारीसमेत रहेका याङवरक–६ का वीरेन्द्र काफ्ले गोलभेँडाले उचित मूल्य पाउन नसक्नुका धेरै कारण रहेको बताउँछन् । एकै बोटमा धेरै गोलभेँडा फल्नाले गुणस्तर नहुने, गोलभेँडाको आकारले समेत मूल्यमा फरक पार्ने तथा विषादीको अनियन्त्रित प्रयोगले गुणस्तरमा ह्रास आई उचित मूल्य प्राप्त नभएको काफ्ले भनाइ छ । “एउटा बोटमा कति टमाटर फलाउँदासम्म गुणस्तरीय हुन्छ भन्नेदेखि कुन आकारमा फलाउनेसम्मका कुरा टमाटरमा जोडिन्छन्”, काफ्लेले भने, “मुख्य बजारमा नेपालीभन्दा भारतीय टमाटरको खपत बढी हुनाले समेत हाम्रो टमाटरको मूल्य कम हुन गएको हो ।” धेरै फलाउने प्रतिस्पर्धामा कृषकले प्राविधिक सल्लाहबिना विषादीको प्रयोग गर्नाले बर्सेनि गोलभेँडाको मूल्यमा ह्रास आइरहेको र उपभोक्ताले नरुचाएको काफ्लेको भनाइ छ । यहाँ उत्पादित गोलभेँडाको मुख्य बजार तराईका जिल्ला र भारत हो । ढुवानी खर्च, कुहिने तथा बिग्रने गोलभेँडा छुट्याउनु पर्नाले कृषकले प्राप्त गर्ने मूल्य र बजार मूल्यमा न्यूनतम प्रतिकिलो रु १० अन्तर आउने गरेको छ ।

Advertisement

पाँचथरको हिलिहाङ गाउँपालिकाको वडा नं १, २, ३ र ४ तथा याङवरक गाउँपालिकाको वडा नं ५ र ६ मा गोलभेँडाको अत्यधिक खेती हुने गरेको छ । यहाँका अधिकांश कृषकले गोलभेँडा खेतीबाट प्रशस्तै आम्दानी गर्दै आएका थिए । यस वर्ष मूल्यमा आएको ह्रासले कृषक मारमा परेका छन् । हिलिहाङ र याङवरकका गरी करिब एक हजार ५०० परिवार कृषकले गोलभेँडा खेती गर्दै आएका छन् ।रासस

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top