फुटबल टिमका प्रशिक्षक अलमुताइरीले पत्रकारलाई दुव्र्यवहार गरेको भन्दै महासंघको ध्यानाकर्षण

८ साउन, काठमाडौं ।
नेपाल खेलकुद पत्रकार मञ्चले मञ्चका सदस्य तथा मेरोखेल डट कमका सम्पादक बिभु श्रेष्ठ र खेल पत्रकार बिभा थापामाथि समाचार संकलनको क्रममा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गरेको दुव्र्यवहारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार समाचार संकलनका लागि गएका पत्रकारमाथि प्रशिक्षक अलमुताइरीले गरेको दुव्र्यवहार निन्दनीय रहेको मञ्चले जनाएको छ ।मञ्चका महासचिव प्रज्वल ओलीद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, ‘मञ्च आफ्ना सदस्यप्रति गरिएको अभद्र व्यवहारको घोर भत्र्सना र निन्दा गर्दछ ।’

घटनालाई मञ्चले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामथिको प्रहारको रुपमा लिएको जनाएको छ । अखिल नेपाल फुटबल संघसंग पनि यस विषयको छानविन गरि दोषी उपर कारबाही गर्न माग गरेको छ ।

नेपाल पत्रकार महासंघले पनि घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनएको छ । महासंघका महासचिव रोशन पुरीले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता कार्य नदोर्याउन सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउँदछ ।’

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा राष्ट्रिय टिमको प्रशिक्षणका क्रममा सार्वजनिक स्थानमा धुम्रपान गरिएको विषयमा प्रश्न साध्दा प्रशिक्षक अल्मुताइरीले गालीगलौज गरेको जनाइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top