निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत : महासचिव पोखरेल

९ साउन ७८, शनिबार
Share this
745shares

९ साउन, काठमाडौँ ।
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रै रहेर आफ्नै प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत कार्य हुने बताएका छन् । काठमाडौँ क्षेत्र नं ५ को धूम्रबाराहीमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले भने, “पार्टीभित्र अन्तरसङ्घर्ष हुने कुरा सामान्य कुरा भए पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत हो ।

Advertisement

गलत कुराको पछाडि लाग्ने मान्छे एमाले हुन सक्दैन, एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध हो ।” उनले पार्टीभित्रको खराब आचारण भएका तत्वहरुलाई परास्त गर्दै पार्टीलाई एकढिक्का बनाउन नेता तथा कार्यकर्तालाई आह्वान गरे ।

बागमती प्रदेशसभा सदस्य नारायण सिलवालले पार्टी र स्वतन्त्र रुपमा बस्नु बेग्लै रहेको बताउँदै अनुशासनलाई प्राथमिकता दिएर पार्टी काममा लाग्न आग्रह गरे । काठमाडौँ महानगरपालिका–४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायत विभिन्न पार्टीबाट आएका करिब ३० जनाभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । कामनपा–४ का अध्यक्ष मोहनबहादुर विष्टले एमाले प्रवेश गर्ने युवाहरुलाई विकास निर्माण र समाज परिवर्तनमा लाग्न आग्रह गरे ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top