इन्डोनेसियामा फेरी डुब्दा २९ को मृत्यु, ३१ जना यात्रु हराए

२० असार २०७५, बुधबार
Share this
812shares

जकार्ता, असार २०

Advertisement

इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना अझै पनि हराइरहेका समाचारमा जनाइएको छ । उक्त फेरिमा १४० जना यात्रु रहेका बताइएको छ । सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मङ्गलबार साँझ एउटा यात्रुवाहक फेरी दुर्घटनामा परेको सरकारी अधिकारीले जनाएका छन् ।

उक्त सामुद्रिक किनारा इन्डोनेसियाको जाभा प्रान्तको उत्तरतर्फ पर्छ । जाभा यहाँको धेरै जनसङ्ख्या भएको टापूक्षेत्र हो । यहाँ प्राकृतिक प्रकोपका धेरै घटना हुने गरेका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार उक्त फेरीमा १४० जना यात्रु रहेका र २९ जनाको शव प्राप्त भएको छ । अरु ३१ जना हराइरहेका छन् ।

Advertisement

बुधबार बिहानसम्म पनि हराएका यात्रु भेटिएका छैनन् । उनीहरुलाई जिवीतै उद्धार गर्न सकिने सम्भावना अत्यन्तै कम रहेको अधिकारीहरुले जनाएका छन् । ती अधिकारीहरुका अनुसार दुई हप्तामात्र अघि पनि सुमात्रा टापूनजिकै भएको यस्तै अर्काे फेरि दुर्घटनामा १६० जना हराएका थिए । उनीहरुमध्ये केहीको मात्र उद्धार भएको थियो ।

प्रकृतिक प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरुले प्रहरीसहित ठूलो सङ्ख्याका उद्धारकर्मी परिचालन गरिएको जनाएका छन् ।

Advertisement

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top