डोल्पाकाे जुफाल विमानस्थल सञ्चालनमा

१९ असार ७५, बुधबार

त्रिपुराकोट, असार २०

हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । लगातारको वर्षाका कारण चार दिनदेखि उक्त विमानस्थल अवरुद्ध भएको थियो । वर्षाका कारण बादल र कुहिरोले अवरुद्ध रहेको नेपालगञ्ज–डोल्पाको हवाई मार्गमा बादल फाटेर आकाश खुलेपछि विमान सञ्चालन भएको जुफालस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयले जनाएको छ ।

आज समिट एयरले एउटा उडान गरे पनि तारा, सीता र नेपाल एयरलाइन्सले भने उडान गरेनन् । समिट एयरलाइन्सले एउटा उडान गरे पनि विमानस्थलमा यात्रुको चाप भने दिनप्रतिदिन बड्दै गएको तारा एयरका कर्मचारी देवेन्द्र शाहीले जानकारी दिए । लगातार वर्षाका कारण दैनिक हवाइ उडान अवरुद्ध हुन थालेपछि कतिपय सर्वसाधारण समयमै गन्तव्यसम्म पुग्न जोखिम मोल्दै पैदलयात्रा तय गर्न बाध्य भएको पनि उनले बताए ।

Advertisement

जुफाल विमानस्थलमा तारा, समिट, नेपाल वायुसेवा निगम लगायतका सरकारी तथा निजी विमान कम्पनीले उडान भर्दै आएका छन् । डोल्पा सदरमुकाम दुनै अझैपनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएकाले जिल्ला बाहिर आवतजावत गर्नेदेखि दैनिक उपभोग्य वस्तुको ढुवानीका लागि समेत हवाईजहाजकै भर पर्नुपर्ने बाध्यता यथावत छ ।
रासस

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top