सरकारप्रति कांग्रेस आक्रमक,तीन तिरबाट दबाब सृजना

२० असार २०७५, बुधबार
Share this
718shares

विराटनगर,असार २०
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काठमाडौंको माईतघर मण्डलालगायतका स्थानमा निषेधित क्षेत्र तोक्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलको बैठकले नागरिकको स्वतन्त्रतापूर्वक विरोध गर्न पाउने अधिकार कुण्डित हुनेगरी निषेधित क्षेत्र तोक्ने काम सरकारले गरेको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

Advertisement

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बिहान बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक मान्य नहुने चेतावनी पनि दिएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका मूलभूत अवधारणालाई मोडेर ल्याएको प्रतिस्थापन विधेयक अस्विकार गरेर जाने निर्णय पनि गरिएको पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

बैठकले वरिष्ठ चिकित्सक गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै उनीहरुले उठाएको मागमा ऐक्यवद्धता जनाउन ३÷३ सदस्यीय संसदीय टोली नै गठन गरेको छ । संसदीय टोलीले जुम्ला पुगेर वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बुझनेछ ।

Advertisement

त्यसैगरी आमरण अनसन बसेकी गंगामायाको माग सम्बोधन गर्न पनि सरकारलाई दवाव दिने निर्णय गरेको छ ।कांग्रेस संसदीय दलले मूल्य वृद्धि फिर्ता गराउन सरकारविरुद्धको सडक र सदन संघर्षलाई तीव्रता दिने निर्णय पनि गरेको छ । बैठकले संघीय संसद अन्तरगतको संसदीय समितिहरुको नेतृत्व संसदमा रहेको उपस्थितिको आधार तय गर्न पनि माग गरेको छ ।

संघीय संसद अन्तरगतको प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा ४ वटा समिति गठन गर्ने व्यवस्था गरिएको छ । कांग्रेसले ती समितिहरुको सभापतिमा आफूहरुको २३ प्रतिशत उपस्थिति हुनुपर्ने अडान राख्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top