प्रदेश १ मा १,१४४ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

१४ साउन ७८, शुक्रबार

१५ साउन, विराटनगर ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १ हजार ६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६–१६, उदयपुरमा ४, खोटाङ र संखुवासभामा २–२, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ ।

मोरङको बेलबारीमा ६३, विराटनगरमा ५५, पथरीशनिश्चरेमा ३०, सुन्दरहरैचामा १३, उर्लाबारीमा १०, बुढीगंगामा ५, ग्रामथानमा ४, केराबारी, धनपालथान, लेटाङ, कानेपोखरीमा २–२, कटहरी, रतुवामाई र मिक्लाजुङमा १–१, सुनसरीको धरानमा १२६, इटहरीमा ३९, इनरुवा र बराहक्षेत्रमा ७–७, कोशीगाउँपालिका, रामधुनी, दुहवी र स्थानीय तह नखुलेका २–२, झापाको विर्तामोडमा ३८, दमकमा २३, भद्रपुरमा २०, अर्जुनधारामा १७, कनकाईमा १६, मेचीनगरमा १४, शिवसताक्षीमा १०, कमल गाउँपालिका र बुद्धशान्तिमा ६–६, गौरादह र हल्दिबारीमा २–२, झापा गाउँपालिका, बा¥हदशी र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा ४, रोङ र सुर्योदयमा २–२, माई र देउमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढीमा ४, पाख्रिवास र चौवीसेमा १–१ र स्थानीय तह नखुलेका २, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका २–२, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२८ महिला र १६९ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top