मेलम्ची खानेपानी आयोजनामा सरोकार समितिको चासो

१५ साउन, काठमाडौँ ।
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको बजेटको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरवारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाको बजेटको श्रोत सुनिश्चितता र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्ड ल्याउन निर्देशन दिएको हो ।

समितिले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा बाढी तथा पहिरोले पुर्याएको क्षतिका बारेमा छलफल गरेको थियो । छलफलपछि समितिले आयोजनामा बाढी पहिरोले पुर्याएको क्षतिको मूल्यांकन गरी पुनर्निर्माणलाई अविलम्ब शुरु गर्न निर्देशन दिएको छ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न समेत बजेटको सुनिश्चितता गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । यस्तै समितिले आयोजनासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायका बीचको प्रभावकारी सहकार्य र समन्वयको लागि निर्देशन दिएको छ । समितिकी सभापति दिल कुमारी रावल थापाले भनिन् , ‘राष्ट्रिय गौरवको आयोजनामा बजेटको श्रोत सुनिश्चित र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्ड नहुँदा अहिले पनि हमीले एकातिर सरकारले राष्ट्रिय गौरवको आयोजना बजेट अभाव हुँदैन भनेको छ, फेरि कार्यान्वयनमा जाँदा यो खाले समस्या आएको हुनाले राष्ट्रिय गौरवका आयोजनाहरुको बजेटको श्रोत सुनिश्चितता र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्डका लागि सरकारलाई निर्देशन दिएका छौँ, तत्काल आयोजना भएका क्षतिको पूर्ण मूल्यांकन निकाली निर्माणको पुनर्निर्माणलाई कार्यान्वयनमा जानुपर्ने निष्कर्ष निकालेको छ, आयोजनासँग प्रत्यक्ष सरोकार राख्ने निकायको बीचको प्रभावकारी सहकार्य र समन्वयको अहिले पनि अभाव देखिएको छ, यो आयोजना भित्रको निकायहरु, मन्त्रालय भित्रका निकाय र तहका सरकारको बीचमा अहिले पनि समन्वयको अभाव देखिएको छ, यसलाई प्रभावकारी समन्वयको लागि हामी निर्देशन दिन्छौँ ।’

समितिले आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी आयोजनाबीचमा भएको संरचनात्मक समस्यालाई व्यवस्थित गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले शहरी विकास मन्त्रालय, मेलम्ची खानेपानी आयोजना, काठमाडांै आयोजना खानेपानी लिमिटेड र काठमाडौं महानगरपालिकाको सरसफाइ तथा विभाग हेर्ने अधिकारीहरुसँग छलफल गरेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top