इलाममा चिया कारखानामा आगलागी, ३ करोड बराबरको क्षति

१४ साउन ७८, शुक्रबार

१५ साउन, इलाम ।
इलामको सूर्योदय नगरपालिकामा रहेको चिया कारखानामा आगलागी भएको छ ।

Advertisement

सूर्योदय नगरपालिकाको वडा नं ८ मालुम स्थित रक्तकाली चिया उद्योगमा गए राती करिब १ बजे विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट तीन करोड बराबरको क्षति भएको जनाइएको छ ।

प्रहरीका अनुसार आगलागीबाट टिनको छाना, टिनको बेरा भएको भवन, भवनभित्र रहेको चिया बनाउने ६ वटा मेसिन, स्टक चिया, चिया बनाउने कच्चा पदार्थ समेत पूर्ण रुपमा नष्ट भएको छन् ।

Advertisement

दिनेश माझीको नाममा रहेको उद्योगमा लागेको आगलागी प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र वारुण यन्त्रको सहयोगमा बिहान ४ः१५ बजे नियन्त्रणमा आएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top